२७ जेठ २०८३, बुधबार

उपप्रधानमन्त्री महरा भन्छन्ः  संविधान संशोधनपछि मात्र दुर्इ नम्बर प्रदेशमा चुनाव

कात्तिक २०, २०७४
उपप्रधानमन्त्री महरा भन्छन्ः  संविधान संशोधनपछि मात्र दुर्इ नम्बर प्रदेशमा चुनाव

तुलसीपुर (दाङ), ३१ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र २ नम्बर प्रदेशको निर्वाचन गरिने बताउनुभएको छ । 

आज बिहान प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । 

संविधान संशोधन गर्नका लागि नेकपा(एमाले)ेले पनि साथ दिनुपर्ने उहाँको भनाइ छ । उहाँले सबै दललाई सहमतिमा ल्याएर मात्र चुनाव गराउनको लागि यसअघि सरकारले दुई नम्बर प्रदेशको चुनावको मिति सारेको स्पष्ट पार्नुभयो । 
उपप्रधानमन्त्री महरा आज राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको भवन शिलान्यास कार्यक्रममा सहभागी हुन दाङमा आइपुग्नु भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्