०२ असार २०८३, मंगलबार

आयोगको नयाँ निर्णयः पत्रकारलाई विशेष पास नचाहिने

बैशाख २८, २०७९
आयोगको नयाँ निर्णयः पत्रकारलाई विशेष पास नचाहिने

शुक्रबार हुने स्थानीय तह निर्वाचनको रिपोर्टिङका लागि पत्रकारलाई विशेष पास नचाहिने भएको छ । अब पत्रकारले सूचना विभागको पासकै आधारमा सवारी चलाउन पाउनेछन्  । 

नेपाल पत्रकार महासंघको आग्रहमा निर्वाचन आयोगले निर्वाचनका दिन सूचना विभागबाट जारी भएको पत्रकार परिचयका आधारमा नै सवारी चलाउन पाउने व्यवस्था गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । 
 प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाकाअनुसार महासंघको आग्रहअनुसार अब सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्र भएकाले विशेष पास लिनु पर्ने छैन । 
यस्तै  परिचय पत्र नहुनेको हकमा भने सञ्चार गृहले सिफारिस गरेका आधारमा पास उपलब्ध हुनेछ ।  
 

salt training

कमेन्ट गर्नुहोस्