२९ असार २०८३, सोमबार

कस्तो रहनेछ आज दिनभरको मौसम ?

बैशाख २९, २०७९
कस्तो रहनेछ आज दिनभरको मौसम ?

हाल नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै चक्रवात असानी हाल पश्चिम–मध्य बंगालको खाडीमा रहेको छ। महाशाखाका अनुसार बिहीबार बिहान देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

यस्तै दिउँसो प्रदेश नं १ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। यस्तै प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तै राति प्रदेश नं १ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
 

salt training

कमेन्ट गर्नुहोस्