
श्री एयरको विमान आकस्मिक अवतरण काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको एउटा इन्जिनमा समस्या आएपछि पुनः काठमाडौँमै आकस्मिक अवतरण गरेको छ ।
८० यात्रु बोकेर बुधबार काठमाडौंँबाट उडेको उक्त जहाज २५ नटिकल माइल पार गरेपछि बायाँ इन्जिनमा समस्या आएको थियो ।
श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरका अनुसार धनगढी जाँदै गरेको जहाजको एउटा इन्जिनमा समस्या भएपछि अर्को इन्जिन सञ्चालन गरी १२ बजेर आठ मिनेटमा काठमाडौँमा सुरक्षित अवतरण गरिएको हो । गोरखापत्र दैनिकमा खबर छ ।