१५ असार २०८३, सोमबार

खेर्सनका प्रशासकहरूले रुसमा मिसिनका लागि पुटिनसमक्ष निवेदन दिने

बैशाख २९, २०७९
खेर्सनका प्रशासकहरूले रुसमा मिसिनका लागि पुटिनसमक्ष निवेदन दिने

युक्रेनको दक्षिणी भागमा रहेको खेर्सन क्षेत्रको नागरिक–सैन्य प्रशासनले रुसमा मिसिनका लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष निवेदन दिने सोच बनाएको बताएका छन् । 

रुसमा मिसिए पनि खेर्सनलाई बेग्लै संवैधानिक क्षेत्र बनाउनुपर्ने उनीहरूको माग छ । 

त्यस्तै क्राइमियाका उपप्रधानमन्त्री जर्जी मुरोदोभले युक्रेनको नियन्त्रणबाट मुक्त भूभागहरू बेग्लै क्षेत्रका रूपमा रुसको भूभाग मानिनुपर्ने बताएका छन् । 

पहिले युक्रेनबाट मुक्त गरिएका भूभागलाई क्राइमियामा मिसाउनुपर्ने आवाज उठेको थियो । कि टौरिडा प्रान्त, कि त क्राइमियन फेडरल डिस्ट्रिक्ट बनाउनुपर्ने माग थियो । 

यो प्रक्रिया कुन फर्म्याटमार्फत पूरा गर्ने भन्ने स्पष्ट छैन । खेर्सन जनगणतन्त्र बनाउने कि जनमतसंग्रह गरेर रुसमा मिसिने अवसर दिने भन्ने स्पष्ट छैन । 

वस्तुगत रूपमा खेर्सन र जापोरोझ्ये क्षेत्रहरू रुसमा मिसिने प्रक्रिया शुरू भइसकेको छ । 

युद्ध जति लम्बिँदै जान्छ, युक्रेनले त्यति नै आफ्नो भूभाग गुमाउँदै जान्छ । फेब्रुअरी २४ अघि युक्रेनले डोनबासका केही भाग मात्र गुमाउने स्थिति थियो । तर त्यस मितिपछि उसले पूरै डोनबास गुमाउने भएको छ । त्यसबाहेक पनि उसले दुई थप क्षेत्रहरू गुमाउने भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्