०१ असार २०८३, सोमबार

ताप्लेजुङको मिक्काखोलामा मृत भेटिए एमाले कार्यकर्ता

बैशाख २९, २०७९
ताप्लेजुङको मिक्काखोलामा मृत भेटिए एमाले कार्यकर्ता

ताप्लेजुङको मिक्काखोला गाउँपालिका-१ को खोक्लिङमा एक युवकको शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ प्रमुख कैलाश राईले बिहीवार राति खोक्लिङ भन्ने ठाउँमा सडकबाट ३०० मिटर तल विमल कार्कीको शव फेला परेको जानकारी दिए । 

उनले अहिले घटनास्थलको मुचुल्का तयार गरेर पोष्टमार्टमका लागि शव सदरमुकाम पठाइएको बताए ।

एमालेले बिमल आफ्नो कार्यकर्ता भएको दाबी प्रहरीसँग गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्