२६ जेठ २०८३, मंगलबार

मतदानका लागि चितवन पुगे प्रचण्डसहितका शीर्ष नेता

बैशाख २९, २०७९
मतदानका लागि चितवन पुगे प्रचण्डसहितका शीर्ष नेता

शुक्रवार हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरू गृहजिल्ला चितवन पुगेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र रामबहादुर थापा गृहजिल्ला चितवन पुगिसकेका हुन् । 

प्रचण्ड बुधवार चितवन पुगेका हुन् । उनी गृह जिल्ला चितवन मतदानका दिनसम्म बस्ने कार्यक्रम छ । उनको मतदानस्थल भरतपुर महानगरपालिका-१४ मा रहेको नेपाल प्रहरी स्कुल शान्तिपुर रहेको छ । सो मतदानस्थल उनीलगायत एक हजार ६७८ जना मतदाता छन् ।

यस्तै एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका-५ स्थित भण्डाराबाट मतदान गर्दैछन् । उनले भण्डारा अस्पताल मतदानस्थलबाट मतदान गर्दैछन् । सो मतदानस्थलमा तीन हजार ६५ मतदाता छन् ।

यस्तै एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापाले भरतपुर महानगरपालिका-१० बाट मतदान गर्दैछन् । उनले स्थानीय नारायणी नमूना माध्यमिक विद्यालयबाट मतदान गर्नेछन् । सो मतदानस्थलमा भने पाँच हजार ८३६ मतदाता छन् । एमाले नेताद्वय पाण्डे र थापा निर्वाचनको प्रचारप्रसारमा जिल्लामा आएर बसेका थिए । 

यस्तै भरतपुर महानगरपालिका प्रमुखका उम्मेदवार पाँच दलीय गठबन्धनको रेनु दाहालले आधारभूत विद्यालय सुन्दरबस्ती भरतपुर महानगरपालिका-१४, एमालेको प्रमुखका उम्मेदवार विजय सुवेदीले भरतपुर महानगरपालिका-१२ स्थित मोहन माविबाट मतदान गर्दैछन् । 

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले कृष्णपुर माविबाट मतदान गर्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्