०५ असार २०८३, शुक्रबार

मर्करी मेना कम्पनीबाट बक्यौता पाउन बाँकी श्रमिकहरूलाई रकम लिन कतार सरकारको आग्रह

बैशाख २९, २०७९
मर्करी मेना कम्पनीबाट बक्यौता पाउन बाँकी श्रमिकहरूलाई रकम लिन कतार सरकारको आग्रह

कतारस्थित मर्करी मेना कम्पनीमा काम गरी आफ्नो बक्यौता रकम लिन बाँकी रहेकाहरूलाई कतार सरकारले सम्पर्कमा आई रकम बुझ्न आग्रह गरेको छ । 

रकम बुझ्नका लागि नाम ठेगाना खुल्ने परिचयपत्रसँगै कतारमा काम गर्दाको कतारी आईडी नम्बर खुल्ने कागजात र पासपोर्ट लिएर आउनुपर्ने कतारी दूतावासले जनाएको छ । 

दूतावासका अनुसार कतारी आईडी नम्बर भएका व्यक्तिहरूले नेपाल सरकारको वैदेशिक रोजगार विभाग तथा कतारी राजदूतावासमा सीधै सम्पर्क गर्न सक्नेछन् । 

गत वर्ष बक्यौता रकम लिन बाँकी रहेका दीपेन्द्र सार्की तथा कतारी आईडी नम्बर नखुलेका ध्रुव सिर्पालीलाई पनि सम्पर्कमा आएर रकम बुझ्न आग्रह गरिएको छ । 

गत वर्ष ३३ जनाले बक्यौता रकम बुझेको दूतावासको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्