काठमाडौं, ३१ असार–विज्ञापन विनाको विदेशी टेलिभिजन च्यानल साउन १ देखि प्रसाणमा ल्याउने निर्णय गरेको सरकार पछि हटेको छ ।

साउन एक गतेदेखि विज्ञापनरहित प्रसारण गर्न विज्ञप्ती निकालेको सूचना तथा सञ्चार मन्त्रालयले त्यसको भोलिपल्ट एक सूचना जारी गर्दै क्लिन फिड तत्काल लागू नहुने बताएको छ । मन्त्रालयले आफ्नो वेभसाइटमा राखेको सूचनामा यो नीति कहिलेदेखि लागू हुन्छ भन्नेबारे केही खुलाइएको छैन ।
सूचनामा भनिएको छ, मन्त्रालयबाट डाउनलिङ्क अनुमति लिई नेपालमा प्रसारण गरिने विदेशी टेलिभिजन च्यानलहरुको प्रसारण मिति २०७४ श्रावण १ गतेदेखि विज्ञापनरहित हुनुपर्ने भनी मिति २०७४।३।२९ गतेको गोरखापत्रमा सूचना प्रकाशित भएकोमा मन्त्रालयबाट नीतिमा उल्लेखित कतिपय कार्यहरु सम्पादन गर्न बाँकी रहेकोले तत्कालका लागि स्थगित गरिएको छ ।
के हो क्लिन फिड ?विशेशी टेलिभिजन च्यानल विज्ञापन विना हेर्न पाइनु क्लिन फिड हो । तपाईले भारतीय च्यानल स्टार प्लस हेर्दै हुनुन्छ र बीचमा आउने विज्ञापन पनि तपाईंले हेर्नुपर्ने हुन्छ । यदी क्लिन फिड लागू भएको भए तपाईले भारतीय विज्ञापन हेर्नु पर्दैनथ्यो सोझै कार्यक्रम प्रसारण हुन्थ्यो ।