×

NMB BANK
NIC ASIA

स्थानीय तह निर्वाचन

भोलि साँझ ७ बजेदेखि नै मतगणना हुने, ३०० स्थानमा सीसी क्यामेराबाट निगरानी

बैशाख २९, २०७९

NTC
Premier Steels

निर्वाचन आयोगले भोलि (शुक्रवार) स्थानीय तहको निर्वाचनमा मतदान सम्पन्न भएलगत्तै साँझ ७ बजेदेखि नै मतगणना गर्ने तयारी गरेको छ ।

Muktinath Bank

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान सकिएपछि ७ बजेबाट नै मतगणना शुरू गर्ने तयारी भएको लोकान्तरलाई जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार छिटोमा साँझ ७ बजेदेखि र ढिलोमा राति १२ बजेदेखि मतगणना शुरू हुनेछ ।  


Advertisment
Nabil box
Kumari

'५ बजे मतदान सम्पन्न भइसके पछि कागज पत्र सबै मिलाउँदा आधा घण्टादेखि १ घण्टासम्म लाग्न सक्छ । त्यसपछि सबै मतपेटिकाहरू मतगणना हुने केन्द्रसम्म आइपुग्नु पर्‍यो,' प्रमुख आयुक्त थपलियाले लोकान्तरसँग भने,'त्यहाँ आएको १ घण्टा पछि मतगणना प्रारम्भ गर्ने भनेर भनेका छौं । '

Vianet communication

स्थिति हेरेर कतिपय ठाउँमा ७ बजे देखि नै पनि मतगणना शुरू हुन सक्ने उनले बताए।

'छिटो हुँदा ७ बजेदेखि नै मतगणना शुरू हुन्छ । तर मतपेटिका नै राति ११-१२ बजेसम्म आइपुग्दा कतिपय दलका प्रतिनिधिले नै पनि मतगणनाका लागि तयार नहुन सक्ने हुन्छ, प्रतिनिधि राख्न तयार नहुन पनि सक्छ,' उनले भने,'तर हाम्रो टिम ढिलो भए राति ११ वा १२ बजेदेखि पनि मतगणनाको कार्य शुरू गर्न तयार छ ।'

अहिलेसम्म स्थानीय तहले गरेको तयारी अनुसार ३ सय ठाउँमा सीसी क्यामेरा पनि जडान हुने रिपोर्ट प्राप्त भएको उनले बताए।

'सबै पालिकामा सिसिटिभी क्यामेरा जडान हुन सकेन, हामीले अहिलेसम्म पाएको सूचना अनुसार ३ सय स्थानीय तहले सीसी क्यामेराको व्यवस्था गरेका छन् । ' उनले भने ।

तर धेरै भन्दा धेरै ठाउँमा सीसी क्यामेरा जडान हुन सक्ने सम्भावना अझै पनि कायम नै रहेको उनले बताए।

'मतगणना कहाँ र कसरी भइरहेको छ, त्यो कुरा पनि हेर्न सकिने भयो,' उनले थपे,'अर्को मतगणनाको सबै कामको रेकर्ड पनि राख्न सक्ने भयौं  । अझै पनि बढी भन्दा बढी ठाउँमा सिसिटिभी क्यामेरामा जोड्न आह्वान गरिराखेका छौँ ।'

'भोलिसम्म पनि स्थानीय तहले सहयोग गरेर त्यो नेटवर्कमा जोड्न सक्यो भने कुनै समस्या तत्काल परे आयोगले हेर्न सक्ने काम तत्काल हेरेर समाधान गर्न सकिने हुन्छ,' उनले थपे,'दोस्रो, सबै कामको रेकर्ड पनि हुने हुँदा मतगणनामा हुन सक्ने सामान्य त्रुटीलाई ठाउँको ठाउँ समाधान गर्न सकिने हुन्छ ।'

सीसी क्यामेरा जडान नहुने ठाउँमा पनि भिडियो क्यामेराबाट गणनाको सबै कामको रेकर्ड राख्ने तयारी भएको उनले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x