
‘सफा हिमाल अभियान’को टोलीले सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेको छ ।
नेपाली सेनाका अनुसार सहसेनानी गणेश कार्की र अमल्दार देवीप्रसाद न्यौपानेले बिहीवार सगरमाथा आरोहण गरेका हुन् ।
साथै नेपाली सेनाका सह सेनानी जितेन्द्र कार्की, सिपाही खिमलाल वली र सिपाही कविराम घर्तीले पनि बिहीवार नै ल्होत्से हिमाल सफलतापूर्वक आरोहण गरेका हुन् ।
सो अभियानले सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लु हिमालहरूको सफाइ गरेको छ ।