२२ जेठ २०८३, शुक्रबार

वडासदस्यलाई कसरी गर्ने मतदान ? आयोगले पार्यो स्पष्ट

बैशाख २९, २०७९
वडासदस्यलाई कसरी गर्ने मतदान ? आयोगले पार्यो स्पष्ट

शुक्रबार हुुने स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत प्रत्येक स्थानीय तहको प्रत्येक वडाबाट निर्वाचित गर्नु पर्ने दुई जना वडा सदस्य पदमा मतदान गर्ने तरिकाबारे निर्वाचन आयोगले स्पष्ट पारेको छ । मतगणना गर्ने सम्बन्धमा समेत द्विविधा भएको गुनासो प्राप्त भएपछि आयोगले स्पष्ट पारेको हो । 

 प्रत्येक स्थानीय तहको वडा सदस्यहरु मध्ये महिला वडा सदस्य र दलित महिला वडा सदस्य बाहेकका अन्य वडा सदस्य पदमा दुई जना उम्मेदवार निर्वाचित हुने आयोगले जनाएको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह सदस्य निर्वाचनको लागि व्यवस्था भएको मतपत्रमा दुई जना निर्वाचित गर्नुपर्ने वडा सदस्यको लागि छैठौ कोलममा एक र सातौं कोलममा दुई निर्वाचन चिन्हको व्यवस्था भएकोले सो दुवै कोलममा निर्वाचन चिन्ह भएका मध्ये आफूले चाहेका दुई जना उम्मेदवारहरुको निर्वाचन चिन्हमा मत सङ्केत गर्न सकिने जानकारी दिए । 
यसरी मतदान गर्दा एउटै कोलमको दुई वटा चिन्हमा वा फरक फरक कोलमको एक एक वटा चिन्हमा एकएक मत सङ्केत गर्न सकिने उनको भनाइ छ ।  

यस्तै छैठौ र सातौ कोलमको मतपत्र एउटै पदको मतपत्र भएको र सो मतपत्रबाट दुई जना उम्मेदवार मात्र निर्वाचित हुने भएकोले छैठौ र सातौं कोलममा भएका चिन्ह मध्ये कुनै दुई भन्दा बढी निर्वाचन चिन्हमा मत सङ्केत गरिएमा सो पदको पूरै मत बदर हुने उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्