जेठ १२, २०७९
आईपीएल २०२२ को प्लेअफमा पञ्जाब किंग्स पुग्न नसकेपछि त्यस टीमका खेलाडी शिखर धवन आफ्ना पिताको आक्रोशको शिकार बनेका छन् । प्रतियोगिताबाट बाहिरिएपछि घर पुगेका धवनलाई उनका पिताले लात्ती र मुक्का हिर्काएका हुन् । ...
सुवास तामाङले गोकर्ण गल्फ क्लबको पार-७२ मा बिहीवार भएको सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् । सुवास प्रो सुक्रबहादुर राई र भुवन नगरकोटी विरुद्ध ७-स्ट्रोकको सहज जित निकाल्दै तीनवटा प्रमुख उपाधि जित्ने पहिलो एमेच्योर गल्फर बनेका छन्। उनले सन् २०१९ मा सूर्य नेपाल च्यालेन्ज र यही वर्षको अप्रिल महिनामा सूर्य नेपाल वेस्टर्न ओपन पनि जितेका थिए।
फाइनल राउण्डमा पुग्नु पहिले भुवनभन्दा दुई स्ट्रोक अगाडि रहेका सुवासले चार-अन्डर ६८ को स्कोर बनाएर प्रतियोगितामा कुल १९-अन्डर २६९ बनाएका थिए। सुवास भन्दा आठ स्ट्रोक र भुवनभन्दा ६ स्ट्रोक पछाडि रहेका सुक्रबहादुरले फाइनल राउण्डमा पाँच-अन्डर ६७ को स्कोर बनाई कुल १२-अण्डर २७८ मा भुवनसँग बराबरी गरे। भुवनले आज एक-ओभर ७३ को स्कोर बनाए। अमेच्योर सुवास नगद पुरस्कारका लागि योग्य नभएकाले भुवन र सुक्रले रु. १,११,५०० रुपैयाँको पुरस्कार राशि बाँडे।
त्यस्तै आजको दिन इभन-पार ७२ ल्याएर कुल ६-अन्डर २८२ बनाएका रवि खड्काले प्रोफेसनल मध्येमा तेस्रो र समग्रमा चौथो स्थानमा रही रु. ६५,००० नगद पुरस्कार प्राप्त गरे। त्यसैगरी निरज तामाङले चार-अन्डर ६८ बनाउँदै चार-अन्डर २८४ को कुल स्कोर बनाएर नगद रु. ५३,५०० प्राप्त गरे। धनबहादुर थापाले थ्री-अण्डर ६९ को कार्ड खेल्दै थ्री-अन्डर २८५ को कुल स्कोर बनाएर रु. ४५,००० प्राप्त गरे।
सद्भाव आचार्यले तीन-ओभर ७५ सहित कुल एक-अन्डर २८७ को स्कोर बनाएर एमेच्योर मध्येमा उपविजेता बने भने समग्रमा सातौं स्थानमा बराबरी गरे। त्यस्तै वाङ्चेन धोन्डुपले तीन-अन्डर ६९ खेल्दै कुल इभन-पार २८८ को स्कोर बनाएर एमेच्योरहरू मध्ये तेस्रो भए र समग्रमा नवौं स्थानमा बराबरी गरे।
दिनेश प्रजापतिले आज एक-ओभर ७३ बनाएर कुल वन-अन्डर २८७ बनाउँदै नगद प्रोफेसनल खेलाडी मध्येमा छैठौँ रही रु. ४०,००० प्राप्त गरे भने आजको दिन सम-पार ७२ को कार्ड खेलेका जयराम श्रेष्ठले कुल इभन-पार २८८ बनाई प्रोफेसनल खेलाडीहरूमा सातौँ स्थानमा रही रु. ३६,००० पाए।
सञ्जय लामा (७४) र बलभद्र राई (६८) ले तीन-ओभर २९१ स्कोरका साथ समग्र ११औँ र प्रोफेसनल मध्ये आठौं स्थानमा रही रु. ३२,००० प्राप्त गरे। भुवन कुमार रोक्का (७८) र राजेन्द्र थापा मगर (७१) ले आठ-ओभर २९६ को कुल-स्कोरका साथ प्रोफेसनल मध्येमा १०औं मा (समग्र १३औं) रही रु. २७,००० रहे। शीर्ष २१ मा रहेका अन्य खेलाडीले पनि नगद पुरस्कारको आफ्नो अंश प्राप्त गरे।
आफ्नो तेस्रो होलमा ईगल र सातौं र नवौं होलमा बर्डीजको मद्दतले अगाडिको नौमा फोर-अन्डर ३२ बनाएका सुवासले पछाडि फर्केर हेर्नु परेन। त्यस्तै ब्याक नौमा १०औं, १२औं र १८औं होलमा बर्डी बनाएका सुवासले १४ औं, १५औं र १६औं होलमा भने सट ड्रप गरे।
आईपीएल २०२२ को प्लेअफमा पञ्जाब किंग्स पुग्न नसकेपछि त्यस टीमका खेलाडी शिखर धवन आफ्ना पिताको आक्रोशको शिकार बनेका छन् । प्रतियोगिताबाट बाहिरिएपछि घर पुगेका धवनलाई उनका पिताले लात्ती र मुक्का हिर्काएका हुन् । ...
धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’अन्तर्गत आज सम्पन्न भएको फाइनल खेलमा महेन्द्रनगर क्रिकेट एकेडेमीले उपाधि जितेको छ । धनगढीको लिटल फ्लावर क्रिकेट क्लबलाई २२ रनले प...
इंग्लिस क्लब एस्टन भिल्लाले डिफेन्डर डिएगो कार्लोसलाई अनुबन्ध गर्ने पक्का भएको छ । एस्टनले स्पेनिस क्लब सेभियाबाट डिफेन्डर कार्लोस अनुबन्ध गर्न लागेको हो । एस्टनले सेन्टर ब्याक कार्लोस अनुबन्धका लागि सेभियासँग सह...
इंग्लिस क्लब लिड्स युनाईटेडले युवा विंगर ब्रेण्डन आरोनसनलाई अनुबन्ध गरेको छ । प्रिमियर लिग क्लब लिड्सले ब्रेण्डनलाई अष्ट्रियाको आरबी साल्जवर्गबाट अनुबन्ध गरेको हो । अमेरिकन विंगर ब्रेण्डनले लिड्ससँग पाँच वर्षको ...
धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा महेन्द्रनगर क्रिकेट क्लब र दाङको देउखुरी वारिसर्य क्रिकेट क्लब विजयी भएका छन् । आज भएको पहिलो खेलमा महेन्द्रनगर क्रिकेट क्लबले बुङ्...
महालक्ष्मी विकास बैंक लिमिटेडको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने भएको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...