
स्थानीय तह निर्वाचन आज (शुक्रवार) मुलुकभर एकैसाथ हुँदैछ ।
शुक्रवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।
संविधान जारी भएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुन लागेको हो ।
निर्वाचनको सबै तयारी पूरा भएको आयोगले जनाएको छ ।
मतदान स्थलमा सुरक्षा व्यवस्था कडाइका साथ गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध निर्वाचित भइसकेका छन् भने ६ वडा अध्यक्ष सहित ३५ जना स्वतन्त्र सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचनमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरूबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले जम्मा ३५ हजार २ सय २१ जना मध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनौट गर्नका लागि मतदान गर्दैछन् ।