×

NIC ASIA

तनहुँमा ४४५ जनप्रतिनिधि निर्वाचित हुने

बैशाख ३०, २०७९

Prabhu Bank
NTC
Premier Steels

बिहान ७ बजेदेखि शुरूआत हुन लागेको स्थानीय तह निर्वाचनबाट तनहुँमा ४४५ जनप्रतिनिधि निर्वाचित हुनेछन् । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकामा ती जनप्रतिनिधि निर्वाचित हुने भएका हुन् । 

Muktinath Bank

चार नगरपालिकाबाट प्रमुख र उपप्रमुख गरी आठ निर्वाचित हुनेछन् । ६ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी १२ निर्वाचित हुनेछन् । त्यस्तै ८५ वडाबाट एक अध्यक्ष र चार सदस्य गरी ४२५ जना निर्वाचित हुनेछन् । जिल्लाका १० पालिकामा एक हजार ६०० भन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै मतदान कार्यमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरे । निर्वाचनका लागि जिल्लामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नागरिकलाई भयरहित वातावरणमा निर्वाचन सहभागी हुने स्थिति बनाउनका लागि प्रशासनले सुरक्षा व्यवस्था चुस्त बनाएको हो । 


Advertisment
Nabil box
Kumari

निर्वाचनलाई लक्षित गरी तनहुँमा दुई हजार ७०० सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असोज २७, २०७६

काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्ने भएकी छिन् ।   भ्रमणका अव...

मंसिर ८, २०७९

रुपन्देही क्षेत्र नम्बर-२ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिला गिरी विजयी भएका छन् । १७ हजार ६३२ मत प्राप्त गरेर उनी विजयी भएका हुन् । गिरीसँग पराजित भएका सत्ता गठबन्धनबाट उम्मेदवार बनेका...

मंसिर ७, २०७९

प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट एमालेका उम्मेदवार टोपबहादुर रायमाझी विजयी भएका छन् । अघिल्लो निर्वाचनमा माओवादीबाट विजयी उनी नेकपा विभाजनपछि एमालेतिर लागेका थिए ।  उनै रायमाझीले बुधबार राति सम्...

बैशाख ३०, २०७९

आफैं मतपत्रमा धमाधम छाप हाल्दै गरेका सर्लाही बलरा नगरपालिकाका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रविण पोख...

मंसिर ११, २०७९

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रेस दोस्रो स्था...

मंसिर २४, २०७४

काठमाडौं,२४ मंसिर– भक्तपुरको निर्वाचन क्षेत्र नंबर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका महेश बस्नेत विजयी भएका छन् । उनले   ३६ हजार ४ सय १२ मत पाप्त गरेका छन् । उनका प्रतिस्पर्धी  नेपाली कांग्...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x