०५ साउन २०८३, मंगलबार
स्थानीय तह निर्वाचन

तिलोत्तमाबाट गृहमन्त्री खाँणले गरे मतदान

बैशाख ३०, २०७९
तिलोत्तमाबाट गृहमन्त्री खाँणले गरे मतदान

गृहमन्त्री बालकृष्ण खाँणले गृह जिल्ला रुपन्देहीबाट मतदान गरेका छन् ।

नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहेका खाँणले रुपन्देहीको तिलोत्तमा वडा नं. ८ को ज्योति आधारभूत स्कूलमा मतदान गरेका हुन ।

मतदान पछि उनले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगले अघि बढेको बताए ।

उनले कसैले पनि असुरक्षित महशुस नगरी मतदान गर्न आग्रह गरे । यो निर्वाचनबाट चुनिने जनप्रतिनिधिहरूले जनताको सेवक बनेर काम गर्नुपर्ने बताउँदै देश समृद्धिको दिशामा अघि बढेको बताए ।

साथै उनले यो निर्वाचनले जनताको शक्तिलाई शशक्तिकरण गर्ने बताए ।

सोही मतदान स्थल बाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार रामकृष्ण खाँणले मतदान गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्