११ साउन २०८३, सोमबार

मतदान गरेर फर्किएका वृद्धको मृत्यु

बैशाख ३०, २०७९
मतदान गरेर फर्किएका वृद्धको मृत्यु

बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए । 

भाटको आज बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर पुग्ने बेला मुर्छा परेका र बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्