
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरेमा मतदानका बेला झडपको स्थिति सिर्जना भएपछि सुरक्षा सतर्कता बढाइएको छ ।
मेलम्ची नगरपालिका–९ ज्यामिरेमा मतदान शुरू भएपछि तवानको स्थिति भएको थियो । सम्भावित झडप रोक्न नेपाली सेनाले हतियार तेस्र्याएको थियो ।
सामान्य झडपको स्थिति भएपछि सेना सतर्क भएको र अहिले त्यहाँको स्थिति सामान्य रहेको छ । अहिले मतदान सुचारु रहेको सिन्धुपाल्चोकका डीएसपी दक्ष बस्नेतले जानकारी दिए ।