
सर्लाहीको धनकौल गाउँपालिकामा प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ ।
उक्त गाउँपालिकाको वडा नम्बर २ स्थित एक मतदान केन्द्रमा हवाई फायर गरिएको हो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार मतदानस्थलमा उम्मेदवारको प्रतिनिधि राख्ने विषयमा दुई पक्षबीच विवाद हुँदा झडपको स्थिति उत्पन्न भएको थियो ।
'दुई पक्षबीच ढुंगा हानाहान भएर मतदानस्थल असुरक्षित हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको हो,' प्रमुख जिल्ला अधिकारी गौतमले लोकान्तरसँग भने, 'स्थिति नियन्त्रणमा आएको छ । मतदान पनि सुचारु गर्न पहल भइरहेको छ ।'