
रौतहटको गढीमाई नगरपालिकामा दुई पक्षबीच झडप हुँदा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् ।
रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार मतदानस्थल भन्दा बाहिर दुई पक्षबीच झडप भएको हो ।
'मतदानस्थलभन्दा बाहिर अलिअलि झडप भएको छ,' उनले लोकान्तरसँग भने, 'तर मतदानस्थलभित्र भने कुनै अवरोध भएको छैन, मतदान सुचारु नै छ ।'