३२ असार २०८३, बिहीबार

मकवानपुरस्थित इन्द्रसरोवरकाे एक केन्द्रमा वर्षाले मतदान रोकियो, कतै छाता ओढेर मतदान

बैशाख ३०, २०७९
मकवानपुरस्थित इन्द्रसरोवरकाे एक केन्द्रमा वर्षाले मतदान रोकियो, कतै छाता ओढेर मतदान

वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका केही केन्द्रमा मतदान प्रभावित बनेको छ ।

​इन्द्रसरोवर १ मा रहेको चन्द्रोदय प्राविमा केही समयको लागि मतदान स्थगित गरिएको हो । वर्षा रोकिएपछि मतदान कार्यलाई निरन्तरता दिने बताइएको छ । 

त्यस्तै, सोही गाउँपालिका वडा नम्बर २ मा रहेको पञ्चकन्या मावि मतदान केन्द्रमा भने पानीको प्रवाह नगरी उत्साहजनक रूपमा मतदान भैरहेको छ ।

पानीबाट जोगिन प्लास्टिक र छाताको सहारामा इन्द्रसरोवरका मतदाताहरूले लाइन लागेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्