०५ साउन २०८३, मंगलबार

रुपन्देहीमा साढे १२ बजेसम्ममा ३५ प्रतिशत मतदान

बैशाख ३०, २०७९
रुपन्देहीमा साढे १२ बजेसम्ममा ३५ प्रतिशत मतदान

रुपन्देहीमा मध्याह्न साढे १२ बजेसम्ममा ३५ प्रतिशत मत मत खसेको छ ।

बिहान ७ बजेदेखि नै अधिकांश मतदान केन्द्रहरूमा मतदान शुरू भएकोमा मध्याह्न १२ः३० सम्ममा ३५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय, रुपन्देहीले जनाएको छ ।

पुरानो मतदाता नामावली र नयाँ अध्यावधिक गरिएको मतदाता नामावलीको क्रम संख्या फरक परेका कारण धेरै मतदाताहरूले नाम फेला पार्न झन्झट भएको बताए पनि मतदान नै स्थगित हुने अवस्था नआएको जिल्ला निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्