१० साउन २०८३, आइतबार

उत्साहपूर्ण मतदान भइरहेको भन्दै प्रमुख निर्वाचन आयुक्तले भने- हालसम्म कतै स्थगित भएको छैन

बैशाख ३०, २०७९
उत्साहपूर्ण मतदान भइरहेको भन्दै प्रमुख निर्वाचन आयुक्तले भने- हालसम्म कतै स्थगित भएको छैन

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हालसम्म कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित नभएको बताएका छन् । 

शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले सामान्य विवादका कारण मतदान रोकिएका ठाउँमा पनि सुचारु हुने क्रममा रहेका बताएका हुन् । 

‘अहिलेसम्म केही स्थानमा छिटफुट घटना बाहेक देशभर स्थानीय तह सदस्य निर्वाचनमा शान्तिपूर्ण तथा उत्साहपूर्वक रुपमा मतदान भइरहेको छ,’ उनले लेखेका छन्, ‘केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सूचारु हुने क्रम जारी छ ।  कुनै पनि मतदान केन्द्रमा मतदान कार्य हालसम्म स्थगित भएको छैन ।’

 

salt training

कमेन्ट गर्नुहोस्