०९ साउन २०८३, शनिबार

यी २ पालिकामा भएन मतदान, अब जेठ ३ गते हुने

बैशाख ३०, २०७९
यी २ पालिकामा भएन मतदान, अब जेठ ३ गते हुने

देशका सबै स्थानीय तहको निर्वाचन शुक्रवार भइरहेको भए पनि दुई वटा स्थानीय तहमा भने जेठ ३ गते मतदान हुने भएको छ । 

कपिलवस्तुको महराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका-१७ मा जेठ ३ गते मतदान हुने भएको हो ।

महराजगञ्जमा नेपाली कांग्रेसबाट उपप्रमुखकी उम्मेदवार शोभावती कुर्मीको निधन भएका कारण आज मतदान भएन । 

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले उम्मेदवारी मनोनयनको काम बिहीवार सकिएको र मतदान जेठ ३ गते हुने बताए । 

त्यसै गरी दाङको तुलसीपुर उपमहानगरपालिकामा १४ नम्बरमा नेकपा एमालेबाट  वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएका कारण त्यहाँ पनि जेठ ३ गते नै निर्वाचन हुने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्