०३ साउन २०८३, आइतबार

यूएईका राष्ट्रपति जायेदको मृत्यु

बैशाख ३०, २०७९
यूएईका राष्ट्रपति जायेदको मृत्यु

संयुक्त अरब अमिरात (यूएई) का राष्ट्रपति शेख खलिफा बिन जायेद अल नाह्यानको मृत्यु भएको त्यहाँको सरकारी समाचार संस्था डब्ल्यूएएमले खबर दिएको छ ।

उनी ७३ वर्षका थिए । 

‘राष्ट्रपतीय मामिला मन्त्रालयले ४० दिनसम्म औपचारिक शोक बनाइने र झण्डा आधा झुकाइने जानकारी दिएको छ,’ समाचार संस्थाले लेख्यो । ‘मन्त्रालय र सरकारी कार्यालयहरू तीन दिनसम्म बन्द हुनेछन् ।’

शेख खलिफा वर्षौंदेखि बिरामी थिए । उनी लामो समयदेखि दैनन्दिन गतिविधिमा संलग्न थिएनन् । 

उनको उत्तराधिकारीको घोषणा गरिएको छैन ।
 

कमेन्ट गर्नुहोस्