
जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले निरन्तर मतान्तर बढाउँदै लगेका छन् ।
उनले हालसम्म ३२९ मत ल्याएर आफ्नो अग्रतालाई कायम राख्न सफल भएका छन् । उनलाई नेकपा एमालेका शिवशंकर साह हीराले १२५ मतका साथ पछ्याइरहेका छन् ।
गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार लालकिशोर साहले ४८ मत ल्याउँदा लोसपाका उम्मेदवार मनोज चौधरीले ५७ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार बलराम महतोले ७५ र जानकीराम साहले ३२ मत ल्याएका छन्।
त्यसै गरी उपप्रमुखमा नेपाली कांग्रेसका किशोरी साहले ३८६ मत ल्याएर अग्रता कायम नै राखेका छन्। नेकपा एमालेकी रुना झाले १४९ मत, लोसपाकी रीताकुमारी मिश्रले ७६ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ७२ मत ल्याएका छन् ।