
ललितपुर महानगरमा ३०० मत गणना हुँदा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले १५५ मत प्राप्त गरेका छन् ।
एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले भने ७८ मत मात्रै पाएका छन् । ललितपुर महानगरको उपप्रमुखमा भने नेकपा एमालेका उम्मेदवार अगाडि छन् ।
एमालेका उम्मेदवार मन्जली शाक्य बज्राचार्यले ९४ मत ल्याउँदा गठबन्धनबाट माओवादीका उम्मेदवार बाबुराज बज्राचार्यले २८ मत पाएका छन् ।