
जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले निरन्तर मतान्तर बढाउँदै लगेका छन् ।
११८० मत गणना गर्दा उनले ४०६ मत ल्याएर आफ्नो अग्रतालाई कायम राख्न सफल भएका छन् । उनलाई नेकपा एमालेका शिवशंकर साह हीराले १५० मतका साथ पछ्याइरहेका छन् ।
गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार लालकिशोर साहले ६० मत ल्याउँदा लोसपाका उम्मेदवार मनोज चौधरीले ६८ मत ल्याएका छन् ।
स्वतन्त्र उम्मेदवारहरू बलराम महतोले ८७ र जानकीराम साहले ८२ मत ल्याएका छन्।