
विराटनगर । विराटनगर महानगरपालिकाको जारी मतगणनामा मेयर पदमा नेपाली काँग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले फराकिलो मतान्तर पार्दै अग्रता लिइरहेका छन् ।
३१०० गणना भइसक्दा कोइरालाले १०३८ मत प्राप्त गरेका छ्न् भने एमालेका उम्मेदवार सागर थापाले ७७४ मत पाएका छन् ।
मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले २७७ मत ल्याएका छन् ।
महानगरको उपमेयरमा भने एमालेकी शिल्पा निरौला कार्कीले ८५३ मतसहित अग्रता कायम गरेकी छन् ।
उपमेयरमा गठबन्धनबाट उम्मेदवार रहेका जसपाका अमरेन्द्र यादवले ५४४ मत प्राप्त गरेका छन् ।
उपमेयरमा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेको मत १६८ छ ।
१ लाख ३३ हजार १४२ कुल मतदाता रहेको विराटनगरमा ८९ हजार ७८९ मत खसेको थियो । अहिले विराटनगरका १, २, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना भइहरेको छ ।