२२ जेठ २०८३, शुक्रबार

धादिङको गल्छी –१ मा एमालेको प्यानल नै विजयी

बैशाख ३१, २०७९
धादिङको गल्छी –१ मा एमालेको प्यानल नै विजयी

धादिङको गल्छी गाउँपालिका १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

वडाध्यक्षमा यदुकुमार खतिवडा विजयी भएका छन् । उनले एक हजार एक सय ३५ मत ल्याए भने गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका माधवप्रसाद खतिवडाले ९ सय ९६ मत प्राप्त गरे । 

सदस्यहरूमा गोपाल विश्वकर्मा, महेन्द्र लामिछाने, महिला सदस्यमा प्रमिला राना, दलित महिला सदस्यमा शोभा रम्तेल विजयी भएका छन् । 

तीन हजार ६२ मतदाता रहेकोमा दुई हजार दुई सय ८३ मत खसेको थियो । जसमध्ये २० मत बदर भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्