३२ असार २०८३, बिहीबार

अर्घाखाँचीका तीन वटा वडामा कांग्रेसले निकाल्यो जीत

बैशाख ३१, २०७९
अर्घाखाँचीका तीन वटा वडामा कांग्रेसले निकाल्यो जीत

अर्घाखाँचीका तीन वटा पालिकाका तीन वटा वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 

भूमिकास्थान नगरपालिका वडा नम्बर १ मा कांग्रेसका गोपाल खनाल, पाणिनी गाउँपालिका वडा नम्बर १ मा कमल पोखरेल र सन्धीखर्क नगरपालिका वडा नक्बर १ मा माधव श्रेष्ठ निर्वाचित भएका हुन् । 

गोपाल खनालले राष्ट्रिय जनमोर्चाका भोजराज खनाललाई ११६ मतले पराजित गरेका हुन् । 

गोपाल खनालले ८४७ मत ल्याउदा भोजराज खनालले ७१६ मत मात्र ल्याउन सके । 

त्यस्तै वडा सदस्यमा ४ जना राजमोका निर्वाचित भएका छन् । त्यस्तै त्यस्तै पाणिनीमा पोखरेल ८१३ मतका साथ विजयी भए । 

उनलका निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्रप्रसाद पोखरेलले ६५९ मत मात्र ल्याउन सके । 

वडा सदस्यमा पनि सबै कांग्रेस निर्वाचित भएका छन् । त्यस्तैगरी संन्धीखर्क १ मा माधव श्रेष्ठ १ हजार २४६ मतका साथ विजयी भए भने एमालेका युवराज बञ्जाडेले १ हजार २७ मत मात्र ल्याउन सके । 
 

salt training

कमेन्ट गर्नुहोस्