
पाल्पाको तानसेन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
शनिवार राती ९ बजेसम्म ११ सय मत गणना हुँदा गठबन्धनतर्फबाट मेयरका उम्मेदवार कांग्रेसका सन्तोषलाल श्रेष्ठले ५ सय १४ मतसहित अग्रता लिएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धनेन्द्रराज घिमिरेले ४ सय ७९ मत प्राप्त गरेका छन् । श्रेष्ठ र घिमिरेबीचको मतान्तर ३५ छ ।
उपमेयरमा भने नेकपा एमालेले अग्रता लिएको छ । उपमेयरमा एमालेकी उम्मेदवार शशी श्रेष्ठले ५ सय ३० मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार प्रतिक्षा सिंजालीले ४ सय २ मत प्राप्त गरेकी छिन् ।