१८ असार २०८३, बिहीबार

डोटीका ९ वटै पालिकामा मत गणना थालियो

बैशाख ३१, २०७९
डोटीका ९ वटै पालिकामा मत गणना थालियो

डोटीका नौवटै स्थानीय तहमा मतगणना सुरु भएको छ । विभिन्न विषयमा विवाद भएपछि  केआईसिंह, सायल गाउँपालिका तथा शिखर नगरपालिकामा र दिपायल सिलगढी नगरपालिकामा मतगणना सुरु हुन सकेको थिएन । अन्य गाउँपालिकाहरू जोरायल, आदर्श, बडिकेदार, बोगटान फुड्सिल र पूर्वीचौकी गाउँपालिकामा भने गए रातिदेखि मतगणना सुरु भएको थियो ।

    डोटीको दिपायल सिलगढी नगरपालिकामा सर्वदलीय सहमति बिना नै मुख्य निर्वाचन अधिकृतले मत पेटिका खोलेको भन्दै विवाद भएपछि बिहानदेखि मत गणना सुरु हुन सकेको थिएन । विवाद समाधान भएपछि अहिले ७ः३० बजेदेखि जिल्लाका दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौवटै स्थानीय तहमा मतगणनाको कार्य सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए । 

    जिल्लामा एक लाख २३ हजार ५५४ मतदाता रहेकामा ७८ हजार २४९ (६४ दशमलव ३३ प्रतिशत) मतदान भएको बताइएको छ । जिल्लामा मत गणना सुरु भएसँगै नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्