१० साउन २०८३, आइतबार

मतगणनामा खटिएका कर्मचारी गणनास्थल नै छाडेर हिँडेपछि

बैशाख ३१, २०७९
मतगणनामा खटिएका कर्मचारी गणनास्थल नै छाडेर हिँडेपछि
फाइल तस्वीर

मतगणनामा खटिएका गणक कर्मचारी नआएपछि विराटनगर महानगरको मतगणना  दुई घन्टादेखि रोकिएको छ । 

महानगरको वडा नं १ को गठन मा खटिएका गणक प्रकाश ढुंगाना सम्पर्कमा नआएपछि सो वडाको मत गणना रोकिएको हो । 

दिउँसोको सिटका गणक कर्मचारी बेलुका ८:२० मा परिर्वतन भएपछि गणक ढुंगाना बेपता भएका थिए । 

मतगणानामा खटिएका एक कर्मचारीका अनुसार ढुंगना गणना गर्न नसक्ने भन्दै अन्य कर्मचारीलाई जानकारी गराएर हिडेका हुन् । 

कर्मचारी नआउँदा मत गणना रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता हेमबहादुर बुढाथोकीले बताए ।

बुढाथोकीका अनुसार ढुंगाना सम्पर्कमा नआएपछि मत गणना कार्य शुरू गर्न अन्य कर्मचारीलाई बोलाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्