
पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ ।
हालसम्म १ हजार १०० मतको गणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ४५६ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ३८३ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले ५०४ मत प्राप्त गरेका छन् भने एमालेका मञ्जुदेवी गुरुङले ४०४ मत प्राप्त गरेका छन् ।