२६ जेठ २०८३, मंगलबार

बाबुरामको गृहनगरमा माओवादी र जसपाको बराबर भोट

बाबुरामको गृहनगरमा माओवादी र जसपाको बराबर भोट

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा माओवादी केन्द्र र जसपाको बराबर मत आएको छ । 

माओवादीका मेयर उम्मेदवार विवस चिन्तन र जसपाका प्रेमबहादुर गुरुङले अहिलेसम्म भएको मत गणनामा बराबर १२८७ ल्याएका हुन् । 

यहाँ जसपा र एमालेबीच तालमेल छ । 

त्यस्तै कांग्रेसका दीपकबाबु कँडेलले १०६१ मत ल्याएका छन् । 

उपप्रमुखमा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादीकी बन्दना पाण्डेले १३४५, कांग्रेसकी चेतकुमार श्रेष्ठले ९७९ र एमालेकी पार्वतीदेवी पाठकले ६०९ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्