३१ जेठ २०८३, आइतबार

धनुषाका ३ वडामा कांग्रेस विजयी

धनुषाका ३ वडामा कांग्रेस विजयी

जनकपुरधाम उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव १ हजार १४३ मत प्राप्त गरी विजयी भएका छन् ।
    
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लभकुमार अधिकारीले ५४१ मत प्राप्त गरे ।

मिथिला नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका जोगी महतो ७३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी महतोले ६५८ मत प्राप्त गरेका जनाइएको छ ।

धनुषाको सबैला नगरपालिका–१ को वडाध्यक्षमा पनि  कांग्रेसका मिथिलेश साह निर्वाचित भएका छन् । जनकनन्दनी गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका सन्तोष गोइतले ४१२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत ठूलोबाबु दाहालका अनुसार वडा सदस्यमा सोही पार्टीका मोहन यादव र रामप्रगास हलुवाई, महिला सदस्यमा सिमलादेवी माझी र दलित महिला सदस्यमा अरहुला देवी निर्वाचित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्