२३ जेठ २०८३, शनिबार

झापाको कचनकवल गाउँपालिकामा गठबन्धन उम्मेदवारको अग्रता कायमै

झापाको कचनकवल गाउँपालिकामा गठबन्धन उम्मेदवारको अग्रता कायमै

नेपालकै सबभन्दा होचो ठाउँ भनेर चिनिने झापाको कचनकवल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कालेन्द्र राजवंशीले अग्रता कायम राखेका छन् । 

ताजा परिणामअनुसार, उनले अहिलेसम्म ३४ सय ६९ मत प्राप्त गरेका छन् भने उनलाई राप्रपाका अन्जरा आलमले १२ सय ९८ मतका साथ पछ्याइरहेका छन् । 

यस गाउँपालिकामा कांग्रेस र एमालेले राप्रपाविरुद्ध अध्यक्ष तथा उपाध्यक्ष पदका लागि गठबन्धन गरेका हुन् । 

उपाध्यक्षमा उठेका एमाले उम्मेदवार नवराज भट्टराईले १५ सय ४८ मत प्राप्त गरेका छन् । उनलाई राप्रपाकी निमसरी राजवंशीले १४ सय ९५ मतका साथ पछ्याइरहेकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्