०८ असार २०८३, सोमबार

महानगरसहित काठमाडौंका १० नगरपालिकामा कहाँ कसको अग्रता ?

महानगरसहित काठमाडौंका १० नगरपालिकामा कहाँ कसको अग्रता ?
फाइल फोटो

काठमाडौं महानगरपालिकासहित अधिकांश नगरपालिकामा मतगणना चलिरहेको छ ।

काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले २ हजार २०० बढी मतसहित अग्रता लिएका छन् ।

एमालेका केशव स्थापितले १ हजार २५९ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले १ हजार ८८ मत पाएकी छन् । 

काठमाडौंको कागेश्वरी मनोहरामा एमालेका रामशरण ढुंगाना १ हजार ८५ सहित अग्रस्थानमा छन् भने कांग्रेसका उपेन्द्र कार्की ६३६ मतसहित दोस्रो स्थानमा छन् । नेकपा एसका हरिकृष्ण थापाले १५ मत पाएका छन् । उपमेयरमा पनि एमालेकी शान्ता थापा अगाडि छिन् ।

काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका राजकुमार नकर्मी २ हजार ६२० मतसहित अग्रस्थानमा छन्, एमालेका केशवरत्न बज्राचार्यले १ हजार ६०५ मत प्राप्त गरेका छन् ।

माओवादीका शिवशरण महर्जनले १ हजार ४०८ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि कांग्रेसकी शुभलक्ष्मी शाक्य अग्रस्थानमा छिन् । 

गोकर्णेश्वरमा एमालेका उद्धव विष्ट २ हजार ३३२ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका दिलिप रिसालले १ हजार ९५२ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि एमालेकी सान्नानी लामा २ हजार ३१५ मतसहित अगाडि छिन् ।

चन्द्रागिरी नगरपालिकामा एमालेका उत्तमबहादुर राउत ९४० मतसहित अगाडि छन् । कांग्रेसका घनश्याम गिरी ८२९ मतसहित दोस्रो स्थानमा छन् । गिरी यसअघिका मेयर हुन् । उपमेयरमा पनि ९६५ मतसहित वसन्ती श्रेष्ठ अग्रस्थानमा छिन् । 

टोखा नगरपालिकामा एमालेका प्रकाश अधिकारी १ हजार ३५६ मतसहित अग्रस्थानमा छन् । कांग्रेसकी रजनी थापा १ हजार ८६ मतसहित दोस्रो स्थानमा छिन् । माओवादीका शेखर श्रेष्ठले १९५ मत पाएका छन् ।

उपमेयरमा पनि एमालेकी ज्ञानमाया डंगोल १ हजार ६३ मतसहित अग्रस्थानमा छिन् । 

तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसका कृष्णहरि महर्जन ४ हजार १५६ मतसहित पहिलो र एमालेका रामेश्वर बोहरा ३ हजार ३६९ मतसहित दोस्रो स्थानमा छन् । नेकपा एसका लवकुमार बस्नेत २५३ मतसहित तेस्रो स्थानमा छन् । उपमेयरमा पनि कांग्रेसकी सिर्जना बुर्लाकोटी अग्रस्थानमा छिन् । 

दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेसका मोहन बस्नेत २ हजार ९४९ मतसहित अग्रस्थानमा छन् भने एमालेका श्रीराम आचार्य २ हजार २२७ मतसहित दोस्रो स्थानमा छन् ।

उपमेयरमा पनि कांग्रेसकी वसन्ती तामाङले ३ हजार ६३ मत प्राप्त गरेकी छन् । 

नार्गाजुन नगरपालिकामा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत २४४ मतसहित पहिलो स्थानमा छन् भने एमालेका नन्दनहरि गौतम १६२ मतसहित दोस्रो स्थानमा छन् । नेकपा एसकी देवकी भट्टराई १६ मतसहित तेस्रो स्थानमा छिन् । उपमेयरमा एमालेकी सुशीला अधिकारी अगाडि छिन् ।

बूढानीलकण्ठमा एमालेका मिठाराम अधिकारी १ हजार ६४५ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका विनोद चालिसे १ हजार ४१० मतसहित दोस्रो स्थानमा छन् । स्वतन्त्र सुमित खरेलले ४०० मत पाएका छन् । एमालेकी अनिता लामा १ हजार ८३५ मतसहित अग्रस्थानमा छिन् । 

शंखरापुरमा नेकपा एमालेका कृष्णलाल बजगाई १ हजार २४८ मतसहित अग्रस्थानमा छन् । १ हजार १९१ मतसहित नेकपा एसका लक्ष्मीप्रसाद श्रेष्ठ दोस्रो स्थानमा छन् । राप्रपाका रमेश नापित १ हजार ८१ मतसहित तेस्रो स्थानमा छन् । केहीबेर अघिसम्म नापित पहिलो स्थानमा थिए । उपमेयरमा भने कांग्रेसकी समिता श्रेष्ठ अग्रस्थानमा छिन् ।

salt training

कमेन्ट गर्नुहोस्