रुपन्देहीको बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले फराकिलो अग्रता बनाएको छ ।
सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले ६ हजार १४९ मत गन्दा २ हजार ८१३ मत पाएका छन् ।
उनलाई नेकपा एमालेका बाबुराम भट्टराईले १ हजार ६३१ मत ल्याएर पछ्याउँदैछन् ।
यस्तै राप्रपाका मृगेन्द्र शेरचनले ८३२ मत ल्याएका छन् ।