०३ साउन २०८३, आइतबार
स्थानीय चुनाव

भरतपुरमा मतगणना स्थगित, विवाद समाधान गर्न सर्वदलीय बैठक बस्दै

भरतपुरमा मतगणना स्थगित, विवाद समाधान गर्न सर्वदलीय बैठक बस्दै

चितवनको भरतपुरमा मतगणना स्थगित गरिएको छ । 

मतपत्रमा लगाइएको छाप नबुझिएको विषयमा विवाद भएपछि मतगणना रोकिएको हो । 

सूर्य चिह्नमा लगाइएको छाप नबुझिएको भन्दै निर्वाचन अधिकृतले बदर भएको भनेपछि एमालेले राज्य शक्तिको दुरुपयोग गरेर  हराउन लागेको आरोप लगाएको छ । 

एमालेका मेयर उम्मेदवार विजय सुवेदीले निर्वाचन अधिकृतले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन् । 

‘हँसिया हतौडामा नबुझिएको छाप सदर गर्ने र सूर्यमा हालेको मत सामान्य नबुझिए पनि बदर गर्ने काम भयो,’ उनले लोकान्तरसँग भने, ‘एउटै मापदण्ड अपनाउनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

अहिले विवाद समाधान गर्न सर्वदलीय बैठक बसिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्