०४ असार २०८३, बिहीबार

१८ वर्षपछि पेटबाट निकालियो चिम्टी !

कात्तिक २०, २०७४
१८ वर्षपछि पेटबाट निकालियो चिम्टी !
काठमाडौं, १९ पुस — भियतनामका चिकित्सकहरूले एकजना व्यक्तिको शरीरबाट सर्जिकल चिम्टीहरू निकालेका छन् । ती व्यक्तिको पेटमा १८ वर्षसम्म चिम्टी रहेको पाइयो ।


चवन्न वर्षीय मा भ्यान न्हातको पेटमा सन् १९९८ मा चिम्टी छुटेका थिए । एक दुर्घटनामा परेर अपरेसन हुँदा त्यतिखेर चिकित्सकहरूले उनको पेटमा चिम्टी छोडेका रहेछन् ।

न्हातलाई चिम्टीले कहिलेकाहीँ मात्र घोच्थ्यो र उनलाई एक क्लिनिकले त अल्सरको औषधी समेत चलाएको थियो । गत वर्ष एक्सरे गर्दा पो उनको पेटमा चिम्टी रहेको पाइयो ।

६ इन्चीको चिम्टी भाँचिएर न्हातको पेटमा अड्केको रहेछ । अपरेसन गरेर अहिले त्यसलाई हटाइएको छ ।
बाक कान अस्पतालका निर्देशक त्रिन्ह थी लुओङले न्हातको पेटमा चिम्टी छोड्ने चिकित्सकको खोजीकार्य चलिरहेको बताए ।

‘उनीहरू रिटायर भइसकेका भएपनि हामीले खबर गर्नेछौं,’ उनले भने, ‘सबै चिकित्सकका लागि यो ठूलो पाठ हो ।’

भियतनाममा डक्टरहरूले गल्ती गरिरहन्छन् । गत वर्ष मात्र दुईवटा केसमा डक्टरहरूले गलत अंगमा शल्यक्रिया गरेका थिए भने तीनवटा केसमा पुरुषलाई गर्भवती घोषणा गरेका थिए ।

दी एसोसिएटेड प्रेस

salt training

कमेन्ट गर्नुहोस्