
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा नेकपा एसका उम्मेदवारले अग्रता लिएका छन् ।
अध्यक्ष नेपालले भोट हालेको गौरको मेयरमा एसका उम्मेदवार शम्भु साह १ हजार ९ सय २८ मतसहित अग्रस्थानमा छन् ।
जसपाका अयजकुमार गुप्ता ६ सय ४२ मतसहित दोस्रो स्थानमा छन भने नेपाली कांग्रेसका मोहन कुमार यादव ६ सय ८ मतसहित तेस्रो स्थानमा छन् ।
नेकपा एमालेका अनिलकुमार मिश्रले ८४ मतसहित चौथो स्थानमा छन् ।
उपमेयरमा पनि नेकपा एसकी शैलकुमारी शाह १ हजार २ सय ३६ मतसहित अगाडि छन् । आइतबार साझसम्मको नतिजा अनुसार उपमेयरमा कांग्रेसका साहजुन खातुन ७ सय ४४ मतसहित दोस्रो स्थानमा छिन् ।
माधव नेपालले गौर १ बाट मतदान गरेका थिए ।