×

NMB BANK
NIC ASIA

नाइटिङ्गगल नर्सिङ्ग अवार्ड २०७७ बाट वरिष्ठ नर्स विमला श्रेष्ठ सम्मानित

जेठ १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

तीन दशक भन्दा बढि समय नर्सिङ्ग क्षेत्रमा क्रियाशिल वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिङ्गगल नर्सिङ्ग अवार्ड २०७७ बाट सम्मानित भएकी छन् । 

Muktinath Bank

अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको सन्दर्भ पारि हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रा.लि., एनसिसिडिएफ, सघन क्रिटिकल केयर एसोसिएट्स, नेपाल भेन्टिलेटर्स सर्विसेसले  संयुक्त रूपमा वरिष्ठ नर्स श्रेष्ठलाई पचास हजार एक रुपैयाँ नगद पुरस्कार सहित नर्सिङ्ग अवार्ड २०७७ बाट सम्मान गरेको हो । यी संस्थाले हरेक वर्ष नर्सिङ्ग दिवसको अवसर पारेर अवार्ड प्रदान गर्ने घोषणा गरेका छन् । पहिलो पटक श्रेष्ठलाई यसकिसिमको अवार्ड प्रदान गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार आयोजित एक कार्यक्रममा नर्स तथा जनस्वास्थ्य अभियन्ता एवं मदन पुरस्कार विजेता राधा पौडेलले श्रेष्ठलाई सम्मान गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

सम्मान प्राप्त गर्ने वरिष्ठ नर्स श्रेष्ठले तीन दशक भन्दा लामो समयदेखि अनवरत रूपमा नर्सिङ्ग क्षेत्रमा सेवा प्रदान गर्दै आएका छन् । 

Vianet communication
Laxmi Bank

हाल उनी त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगञ्जमा नर्सिङ्ग प्रमुख, आइसियु विभागमा कार्यरत छन् ।

कार्यक्रममा जनस्वास्थ्य अभियन्ता राधा पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा  नर्सहरूको योगदान निकै ठुलो रहेको बताउँदै यस किसिमको सम्मानले सम्पूर्ण नर्सहरुलाई आफ्नो कार्यक्षेत्रमा अझ बढि हौसला प्रदान हुने बताइन् ।

 यस्तै स्वास्थ्य मन्त्रालय नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख बाला राई, मेडिकल एशोसियसनका अध्यक्ष डा. लोचन कार्की, रजिष्ट्रार प्रमिला देवानले कोभिड महामारीका बेला नर्सहरूको योगदान निकै ठुलो रहेको स्मरण गर्दै यस किमिको सम्मानले उनीहरुलाई कार्यक्षेत्रमा अझ धेरै जिम्मेवार बनाउने उल्लेख गरिन् । 

यस्तै सम्मान ग्रहण गर्दै वरिष्ठ नर्स श्रेष्ठले आफू अवार्डबाट सम्मानित हुन पाउँदा निकै खुशी लागेको  बताइन् । उनले सम्मानबापत पाएको एक लाख रूपैयाँ अइसियुमा उपचारार्थ गरिब विरामीहरुलाई प्रदान गर्ने घोषणा गरिन् ।

कार्यक्रममा विभिन्न अस्पतालका चिकित्सक, नर्स लगायत स्वास्थ क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिती रहेको थियो ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x