
काठमाडौं महानगरपालिकामा उपमेयरको उम्मेदवार सुनिता डंगोलले मतान्तर अझै बढाएकी छन् । सुनिता २६ सय २३ मतान्तरले अगाडि छिन् ।
नेकपा एमालेकी उम्मेदवार डंगोलले ३६९८ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले जम्मा १०७५ मत मात्रै ल्याएका छन् ।
डंगोलले फराकिलो मतान्तर बनाइरहँदा गठबन्धनका तर्फबाट उम्मेदवार श्रेष्ठसँगको तुलनामा अनपेक्षित धेरै मतले विजय हुने देखिएको छ ।
डंगोलले सुरुवाती मतगणनादेखि नै लिएको फराकिलो मतान्तरको अग्रतालाई श्रेष्ठले घटाउन सकेका छैनन् ।