असार १९, २०७९
झण्डै २ महिना बाँकी छ, तीज आउन । कलाकारहरूलाई भने केही साता अघिदेखि नै तीजले छोइसकेको छ । कोही तीज गीतको रेकर्डिङमा लागिपरेका छन्, कोही आफ्ना गीतको धमाधम शुटिङ गरिरहेका छन् । केही कलाकारह...
'जान्न तिम्रो घर
उखु पेल्न दुःख छ, मलाई माइतै सुख छ ।'
यो गीत झण्डै १४ वर्ष अगाडि रिलिज भएको चलचित्र ‘विष’को हो, जून यतिबेला टिकटकमा हिट छ । चर्चित कलाकारहरूले समेत यो गीतमा टिकटक बनाएका छन् ।
कुनै समयकी सक्रिय अभिनेत्री ऋचा घिमिरेका श्रीमान शंकर घिमिरेको प्रस्तुती तथा निर्देशनमा चलचित्र ‘विष’को निर्माण भएको थियो । चलचित्रमा अभिनेताहरू राजेश हमाल, निखिल उप्रेती, सुशील क्षेत्री, अभिनेत्रीहरू सञ्चिता लुइँटेल, ऋचा घिमिरे, रेजिना उप्रेती लगायतको अभिनय छ ।
सोही चलचित्रमा समावेश गीत ‘मलाई माइतै सुख छ’ यतिबेला टिकटकमा हिट भएको हो ।
उसो त यो गीत त्यसबेला पनि हिट थियो । सामाजिक सञ्जाल टिकटकले अहिले यो गीतलाई फेरि एकपटक चर्चामा ल्याइदिएको हो ।
अहिले यो गीतमा टिकटक बनाउने लहर नै चलेको छ । महिला र पुरुष दुबैले यो गीतमा टिकटक बनाएको देखिन्छ ।
यो गीतका शब्द चर्चित गीतकार एकनारायण भण्डारीले लेखेका हुन् । विशेष त लोकदोहोरी गीत लेखनबाट ख्याति कमाएका भण्डारीले रोइला (खेली)को शैलीमा यस गीतको शब्द तयार पारेका थिए ।
सुरेश अधिकारीको संगीत रहेको गीतमा राजेशपायल राई र माण्डवी त्रिपाठीको स्वर छ । गीतको भिडियोमा अभिनेता राजेश हमाल, ध्रुव दत्त, सञ्चिता लुइँटेल, ऋचा घिमिरे, नीता ढुंगाना, आशा पौडेल लगायतको अभिनय छ ।
तीन दिन अगाडि चलचित्रको यस गीत युट्युबमा अपलोड गरिएको छ । जुन भिडियोले भ्युज पनि राम्रो पाउँदै गएको छ । जहाँ धेरै दर्शकले टिकटकमा सुनेपछि आफूले युट्युबमा गीत खोज्दै आएको प्रतिक्रियाहरू दिएका छन् ।
भिडियो
झण्डै २ महिना बाँकी छ, तीज आउन । कलाकारहरूलाई भने केही साता अघिदेखि नै तीजले छोइसकेको छ । कोही तीज गीतको रेकर्डिङमा लागिपरेका छन्, कोही आफ्ना गीतको धमाधम शुटिङ गरिरहेका छन् । केही कलाकारह...
तीज आउन दुई महिना बाँकी रहँदा तीज गीत सार्वजनिक हुने क्रम शुरू भएको छ । असार १५ सँगै तीज गीत सार्वजनिक हुन थालेका हुन् । लोक गायक खुमन अधिकारी र लोक गायिका शान्तीश्री परियारको स्वरमा ‘थरी थ...
शुक्रवार चलचित्र रिलिजको प्रतिस्पर्धा हुने गरे जस्तै गीतहरूमा पनि प्रतिस्पर्धा देखिने गरेको छ । अन्य दिनको तुलनामा शुक्रवार गीत रिलिजको होडबाजी नै हुने गरेको छ । नेपालसँगै विदेशको सार्वजनिक बिदालाई लक्षित...
लोक दोहोरी गायिका दिलमाया सुनार (वि.क.) आफ्नै कोठामा मृतावस्थामा फेला परेकी छिन् । सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आएकी सुनार शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएको महा...
कति राम्री सान्नानी दिल बस्यो हीरैमा, ओठमा लाली सान्नानी शिरफूल शिरैमा । जाम पोखरा मिनीबसैमा ... । आफ्नै शब्द, संगीत, संगीत संयोजन र एकल स्वरमा प्रशान्त पौडेलले दुई साताअघि सार्वजनिक गरेको गीत...
पूर्व प्रशासक एवं गीतकार बुद्धिसागर लामिछाने ‘सागर बाबु’को गीति संग्रह ‘तृष्णा’को लोकार्पण भएको छ । बिहीवार राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रमको आयोजना गरी गीति संग्रहको लोकार्पण गरि...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...