०१ साउन २०८३, शुक्रबार

एक दशकअघिको फिल्मको गीत ‘...मलाई माइतै सुख छ’ यतिबेला टिकटकमा हिट

एक दशकअघिको फिल्मको गीत ‘...मलाई माइतै सुख छ’ यतिबेला टिकटकमा हिट

'जान्न तिम्रो घर 

उखु पेल्न दुःख छ, मलाई माइतै सुख छ ।'

यो गीत झण्डै १४ वर्ष अगाडि रिलिज भएको चलचित्र ‘विष’को हो, जून यतिबेला टिकटकमा हिट छ । चर्चित कलाकारहरूले समेत यो गीतमा टिकटक बनाएका छन् । 

कुनै समयकी सक्रिय अभिनेत्री ऋचा घिमिरेका श्रीमान शंकर घिमिरेको प्रस्तुती तथा निर्देशनमा चलचित्र ‘विष’को निर्माण भएको थियो । चलचित्रमा अभिनेताहरू राजेश हमाल, निखिल उप्रेती, सुशील क्षेत्री, अभिनेत्रीहरू सञ्चिता लुइँटेल, ऋचा घिमिरे, रेजिना उप्रेती लगायतको अभिनय छ । 

सोही चलचित्रमा समावेश गीत ‘मलाई माइतै सुख छ’ यतिबेला टिकटकमा हिट भएको हो ।

उसो त यो गीत त्यसबेला पनि हिट थियो । सामाजिक सञ्जाल टिकटकले अहिले यो गीतलाई फेरि एकपटक चर्चामा ल्याइदिएको हो ।

अहिले यो गीतमा टिकटक बनाउने लहर नै चलेको छ । महिला र पुरुष दुबैले यो गीतमा टिकटक बनाएको देखिन्छ । 

यो गीतका शब्द चर्चित गीतकार एकनारायण भण्डारीले लेखेका हुन् । विशेष त लोकदोहोरी गीत लेखनबाट ख्याति कमाएका भण्डारीले रोइला (खेली)को शैलीमा यस गीतको शब्द तयार पारेका थिए । 

सुरेश अधिकारीको संगीत रहेको गीतमा राजेशपायल राई र माण्डवी त्रिपाठीको स्वर छ । गीतको भिडियोमा अभिनेता राजेश हमाल, ध्रुव दत्त, सञ्चिता लुइँटेल, ऋचा घिमिरे, नीता ढुंगाना, आशा पौडेल लगायतको अभिनय छ ।

तीन दिन अगाडि चलचित्रको यस गीत युट्युबमा अपलोड गरिएको छ । जुन भिडियोले भ्युज पनि राम्रो पाउँदै गएको छ  । जहाँ धेरै दर्शकले टिकटकमा सुनेपछि आफूले युट्युबमा गीत खोज्दै आएको प्रतिक्रियाहरू दिएका छन् ।

भिडियो

salt training

कमेन्ट गर्नुहोस्