
दार्चुलामा चार वटा स्थानीय तह माओवादी केन्द्रले जितेको छ ।
नौगाड, मार्मा, अपिहिमाल र लेकम गाउँपालिकामा माओवादी केन्द्रले जित हात पारेको हो ।
नौगाडको अध्यक्षमा दलजित सिंह धामी, मार्मामा जमनसिंह धामी, अपिहिमालमा भगतसिंह ठेकेरे र लेकममा रामदत्त जोशी विजयी भएका हुन् ।