२४ असार २०८३, बुधबार

धुनिबेंशी २ नम्बरको वडा अध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार विजयी

धुनिबेंशी २ नम्बरको वडा अध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार विजयी

धादिङको धुनिबेंशी नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार लक्षजित तामाङ विजयी भएका छन् ।

गठबन्धनको तर्फबाट उम्मेदवार भएका तामाङले १०९१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका हिक्मतबहादुर लुईटेलले १०२९ मत पाएका छन् ।

२ नम्बरको वडा सदस्यमा १०८१ मत ल्याएर मनोज बस्नेत, महिला सदस्यमा १०७३ मत ल्याएर सुमित्रा काफ्ले र दलित महिला सदस्यमा ११११ मत ल्याएर प्रतिमा रोक्का विजयी भएकी छन् । विजयी तीनै जना सदस्य गठबन्धनका तर्फका उम्मेदवार हुन् । यो वडाका एक सदस्य भने नेकपा एमालेका उम्मेदवार शम्भुप्रसाद खकुरेलले ९७५ मत ल्याएर विजयी भएका छन् ।

धुनिबेंशीको ३ नम्बर वडा अध्यक्षमा प्रकाश हमालसहित कांग्रेसको प्यानलैले जितेका छन । ३ नम्बर वडा सदस्यहरूमा नक्लबहादुर तामाङ, इश्वरकुमार केसी, सुनिता मगर र लक्ष्मी सुनारले जितेकी छन् । १ नम्बरमा पनि गठबन्धनकैतर्फबाट उम्मेदवार बनेको नेकपा माओवादीले प्यानलै जितेको छ

धुनिबेंशी नगरपालिकाको १ देखि ३ नम्बर वडाको नतिजा आइपुग्दासम्म गठबन्धनको तर्फका मेयरले अग्रता कायम गरेको छन् । मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका बालकृष्ण आचार्यले ३००८ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका रामराजा पाण्डेले २१२४ मत पाएका छन् ।

उपमेयरका उम्मदेवारमा पनि गठबन्धनकै उम्मेदवारले अग्रता लिएको छ । गठबन्धनको तर्फबाट उम्मेदवार बनेको नेपाली कांग्रेसका सुरज उप्रेतीले उमपेयरमा २६८४ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेकी मन्दिरा श्रेष्ठले २२२७ मत पाएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्