०६ असार २०८३, शनिबार

मोरङमा १९ वडाको अन्तिम मत परिणाम : एमालेका ९, कांग्रेसका ८ र माओवादीका २ उम्मेदवार विजयी

मोरङमा १९ वडाको अन्तिम मत परिणाम : एमालेका ९, कांग्रेसका ८ र माओवादीका २ उम्मेदवार विजयी

मोरङमा १५९ वडा मध्ये  १९ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । 

१९ मध्ये नेकपा एमाले ९, नेपाली काँग्रेस ८ र माओवादी केन्द्रका २ उम्मेदवार विजयी भएका छन । 

कटहरी गाउँपालिको १ मा एमालेका हरिनारायण राजवंशीले ९६० मत, २ मा एमालेकै सुरेन्द्रप्रसाद राजवंशीले ९६६ मत ल्याएर विजयी भएका छन् । यस्तै  कानेपोखरी गाउँपालिका १ मा कांग्रेसका रत्नबहादुर कार्कीले १ हजार १ सय ८, २ मा एमालेका सुशील बुढाथोकीले १ हजार ८ सय ६४, ७ मा एमालेका मोहनप्रसाद अधिकारीले १ हजार ३ सय २८ मत ल्याएर निर्वाचित भएका छन् ।

यस्तै केराबारी १ मा एमालेका शरण थापा मगरले ६६२, १० नम्बरमा एमालेकै पूर्णबहादुर मगरले ६३९, ग्रामथान ७ मा  एमालेका विरेन्द्र चौधरीले १ हजार ७३ मत ल्याएर निर्वाचित भएका छन् ।

यसैगरी जहदा १मा  काँग्रेसका बाबुराम राजवंशी ले ७१८, जहदा ७ को वडाअध्यक्षमा कांग्रेसकै भगवान मरण्डीले ९६९, धनपालथान १ मा माओवादी केन्द्रका खाजा हुसेन मियाले ५८२ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

मिक्लाजुङ १ मा काँग्रेसका पर्वत राईले ९२१, मिक्लाजुङ २ मा काँग्रेसकै बलबहादुर श्रेष्ठले ६०६, मिक्लाजुङमा ४ मा काँग्रेसका विशाल राईले ९०८, मिक्लाजुङ ५ मा माओवादीका मेघनाथ तामाङले ९१० मत ल्याएर विजयी भएका छन् ।

यसैगरी सुनवर्षी नगरपालिका १ मा काँग्रेसका वीरबहादुर राईले १२११, सुनवर्षी २ मा काँग्रेसकै बिनोद कुमार राजवंशीले १०९६ र सुनवर्षाी ३ मा एमालेका अतन कुमार बुढाथोकीले ७७३ मत ल्याएर निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । १९ वडाको नतिजा सार्वजनिक हुँदा ९५ जना निर्वाचित भएका छन् । मतगणना जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्