डडेल्धुराको भागेश्वर गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका खडक ठकुराठीले तयार पारेको चुनावी घोषणापत्र सामाजिक सञ्जालमा भाइरल भएको जियो ।
अधिकांशले निकै रमाइलो मानेर व्यंग्यात्मक रूपमा शेयर गरिदिएका कारण भाइरल भएको घोषणापत्रका कारण चर्चा पाएका ठकुराठीलाई भने मतदाताले पत्याएनन् ।
ठकुराठीले अध्यक्ष पदमा उम्मेदवारी दिएका भागेश्वर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हेमराज चटौतले २३ सय ११ मत पाएर विजयी भएका छन् ।
पुतली चुनाव चिन्ह लिए अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ठकुराठीले भने चुनावी अन्तिम परिणामा जम्मा ६ मत पाएका छन् ।
उनले नागरिकलाई ३६५ दिननै दशैँ मनाउने व्यवस्था गर्नेदेखि पशु बस्तुलाई समेत अस्पतालमा सुत्केरी हुने व्यवस्था मिलाउने वाचा घोषणापत्रमा गरेका थिए । हेलिकप्टरबाटै बिउ छर्नेदेखि हेलिकप्टरबाटै सिँचाइको व्यवस्था गर्ने वाचा पनि थिए ।
उनलाई धेरैले मुकुन्देको आइडिया चोरेको भनेर आरोप पनि लगएका थिए । उनले लोकान्तरसँग प्रतिकृया दिँदै मुकुन्देको आइडिया चोरेको हैन कंगोबाट सिकेको हुँ पनि भनेको थिए ।
यो गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवारले १०७८ मत, माओवादीले १०४१ मत, नेकपा (एकीकृत समाजवादी)ले १७९ मत ल्याएका छन् ।
स्वतन्त्र अध्यक्षमा उम्मेदवारी दिएका अर्का उम्मेदवार विष्णुवहादुर ठकुराठीले भने ४११ मत पाएका छन् । राप्रपाले पनि १०७ मत पाएको छन् ।
यो गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी पुष्पा ठकुराठीले २३ सय ४८ मत ल्याएर विजयी भएकी छन ।